किरण न्यौपाने
रंगेली : कोरोनाको कहरमा अग्रस्थानमा खटिन्दै आएकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएका रंगेली नगरपालिका ७ निवासी २८ वर्षिय अजय कुमार मण्डलले आज सुरक्षाकर्मीहरुलाई करिव ७० हजार मुल्य बरावरको स्वस्थ्य सामाग्री उपल्वध गराएका छन् ।
रंगेलीमा पछिल्लो समय एक्लैले आफनै र्खचमा स्वास्थ्य समाग्री वितरण गर्दै आएका आएका अजयको अहिले चौतर्फी प्रशंसा छ । कोरोना महामारिमा जिम्मेवारी देखाएका उनले इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी विओपी रंगेलीलाई स्वास्थ्य सामाग्री उपल्वध गराएका छन् ।
रंगेली ७ शुक्रवारेमा ईशान्त फार्मेसीका सञ्चालक समेत रहेका उनले इलाका प्रहरी कार्यालय रंगेली लाई ७ हजार माक्स, ७० थान सेनिटाइजर, ग्लोवस र फेस शिल्ड, दोहमना प्रहरीलाई १५ सय माक्स, सेनिटाइजर, ग्लोवस, फेस शिल्ड र सशस्त्र प्रहरीलाई २५ सय थान माक्स वितरण गरेका छन् ।
मनकारी अजय –अहिलेको अवस्थामा पैसा कामाउनु भन्दा मानिसको स्वास्थ्य रक्षा गर्नु पर्ने सबैको सामाजिक जिम्मेवारी भएको र आफनो स्थान बाट सामाजिक दायित्व देखाएको बताउदै आएका छन् । यस अघि उनले रंगेली कोभिड हस्पीटलमा १ सय थान अक्सीजन सिलिण्डर रिफिलिङ्ग गर्नका लागी नगद ४० हजार रुपैया सहित करिव डेढ लाख रुपैयाको स्वास्थ्य सामाग्री उपल्ध गराएको थिए ।
अजयले अहिलेको महामारीको देखाएको सामाजिक कार्यले उनको स्थानियले समेत खुलेर प्रशंसा गर्दै आएका छन् । उनले जिल्ला प्रहरी कार्यालय मोरङलाई समेत स्वास्थ्य सामाग्री उपल्वध गराउने योजना रहेको जानकारी दिए ।