रेवत पारघरी
तेह्रथुम / तेह्रथुम जिल्लाकाे छथर गाउँपालिका ४ फाक्चामाराका वडाध्यक्ष उपेन्द्र लिम्बुले स्वराेजगार कार्यक्रमका कामदारहरु सहमतीविना लागाईएकाे आरोप लगाउनुभएकाे छ । कार्यक्रमका संयाेजक र वडा सदस्यकाे मिलेमत्ताेमा जानकरी नै नगराई अाफ्नाे मनाेमानी ढंगबाट कामदार लगाईएकाे वडाध्यक्षको आरोप रहेको छ ।
फारम भराईएकाे जम्मा संख्या ९७ जनामध्ये २० जना गाउँपालिकाले छनौट गरि पठाएकाे थियाे । उक्त संख्यामा क्षेत्र नसमेटिएकाे र वास्तविक काम गर्न पाउने नागरिककाे नाम छनौट नभएकाे हुदाँ सहमती नभएकाे वडाध्यक्ष लिम्बुले जानकारी गराउनु भएकाे छ । छनौट भएका कामदार संख्यालाई फेरवदल गरि कार्यन्वयन अगाडि बढाउने साेच हुँदै गर्दा सहमती नगरी कार्यक्रमका संयाेजक राेशन खुलाल र वडा सदस्य पुष्प कार्कीकाे मिलेमताेमा जानकारी नगराईकन प्रकृया अगाडि बढाएर छनौट भएका संख्या भन्दा बढी कामदारहरु लगाई कार्यक्रम अगाडि बढाईएकाे वडाध्यक्ष लिम्बुले बताउनु भएकाे छ।
स्थानिय सेवा क्षेत्र भित्रकाे श्रमिक नागरिक नै नसमेटीकन वडा नं. २ का केही श्रमिकलाई समेटेर एकलाैटी निर्णय गरी वडाध्यक्ष समेतलाई जानकारी नगराईकन स्वराेजगारकाे कार्यक्रम अगाडि बडाईएकाेले सेवा क्षेत्रभित्रका युवा युवतीहरु काम गर्ने अधिकारबाट बन्चितमा परेका छन् । काेभीड – १९ काे नयाँ भरियन्टकाे महामारीमा बिहान बेलुका छाक टार्न गाह्राे भएका नागरीकहरुलाई समेट्नु पर्छ । यसले उनीहरुकाे छाक टार्नमा मद्वत पुर्याउछ भन्ने अबधारणा लिएर माेवाईल फाेन मार्फत वडा सदस्य पुष्प कार्की संग बुज्न खाेज्दा कुनै पनि निकाय मार्फत गाउँपालिकाद्वारा सञ्चालित जस्ता पाता, स्वराेजगार र अन्य कार्यक्रमकाे सेवा सुविधा लिनका लागि माधव कुमार नेपाल र प्रचण्ड प्यानलकाे हुनुपर्छ नत्र नपाईने बताइएको स्थानीय युवा योगेन्द्र थापाले बताउनु भयो । नसमेटीएकाे क्षेत्रका नागरीकहरुलाई दुरी टाढा परेकाेले अाउन जानलाई टाढा भई सहज परिस्थिती नहुदाँ नसमेटीएकाे हाे भन्ने जानकारी गराउदै सक्छस र दम पुग्छ भने जे गर्नु छ गर भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेको थापाको भनाइ छ ।
सञ्चालित स्वराेजगार कार्यक्रम वडाध्यक्षलाई जानकारी नभईकन वडा सदस्यलाई कसरी थाहा हुन सक्छ याे अचम्म बिषय हाे भन्दै शुक्रबारे फाक्चामारा हाक्पाराघाट याेजनाकाे संसद विकास काेष मार्फत अाएकाे ९ लाखकाे समिति मार्फत सम्पुर्ण सामग्री उपलब्ध हुने हुदा स्वराेजगारका कामदारहरुद्वारा काम गराई प्रविधिक स्टमेटमा स्वाेराेगारबाट थप काम हुने गरी शुक्रबारेकाे अाहालडाडाबाट फाक्चामारा हुँदै शनिश्चरे बजार सम्म अलवईदर बाटाे बनाउने लक्ष्य लिएर स्वराेजकारकाे कार्यक्रम अगाडि बडाईएकाे हाे यस्मा केही प्राबिधिक त्रुटी हुन गएमा वार्ताद्वारा वडाध्यक्ष संग सहमती गर्न सकिने छ । नसमेटीएका क्षेत्रका नागरीकहरुलाई भाैगलिक दुरी टाढा भएकाे हुदाँ नसमेटिएकाे वडा सदस्य कार्कीले स्वीकार गरेका छन गाँउपालिका मार्फत छनाेट गरीएकाे २० जनामा एक जना टेक ब. सिन्चुरीले सम्पर्क गरेकाे हुदाँ मैले थपेकाे हाे बाकी संख्या कस्ले बाेलाएकाे हाे भन्ने थाहा नभएकाे वडा सदस्य बताउनु हुन्छ । उक्त स्वराेजगार कार्यक्रममा हाल ३२ जनाकाे सहभागितामा काम अगाडी बडिरहेकाे छ ।