मेयर फागो कोरोना शव व्यावस्थापनमा आफै जुटे

 मेयर फागो कोरोना शव व्यावस्थापनमा आफै जुटे

उर्लाबारी ।

मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागो कोरोना संक्रमणका कारण मृत्यु भएका व्याक्तिहरुको शव व्यावस्थापनमा आफै जुट्ने गरेका छन् ।
पछिल्लो समय कोरोना संक्रण दोस्रो लहरका कारण पालिकामा कोरोना संक्रमण पुष्टि भई मृत्यु बरण गरिरहेका नगरबासीहरुको दहासस्कार स्थलमा उपस्थित भएर मेयर फागो शव व्यावस्थापनमा खटिने गरेका हुन ।
कोरोना संक्रमणका कारण उर्लाबारी नगरपालिकाले पछिल्लो समय तत्कालिन उर्लाबारी गाउ विकाश समितिका उपाध्यक्ष ६७ वर्षीय कुमार धिमाललाई गुमाउन पुग्यो ।
धिमाल तत्कालिन उर्लाबारी गाविस रहदा २०५४ सालको स्थानिय निर्वाचनमा नेकपा एमाले बाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उर्लाबारी नगरपालिका वडा नम्वर २ सालबारी स्थायी ठेगाना भएका धिमालको परिवारमा कोरोना दोस्रो लहरका कारण परिवारका १० जना सदस्यमा कोरोना भइरस संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएका अन्य परिवारका सदस्यहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेता पनि धिमालका जेठा छोराको भने अहिले पनि सोही अस्पतालमा उपचार हुदै आएको छ ।
कारोना संक्रमण पुष्टि भएपछि धिमाल झापाको वि एण्ड सी अस्पतालमा उपचारत थिए । तर अचानक बुधवार उनको मृत्युको खवरले उर्लाबारी बासीलाई स्तव्ध बनाउन पुग्यो ।


उर्लाबारीको उनयनका लागि जिवन आहुती गरेका धिमालको अन्तिम विदाईको पलमा सालबारी सामुदायिक वन क्षेत्र भित्र परिवारका अन्य सदस्य सगै मेयर फागो पनि शवव्यावस्थनमा जुटिरहेका थिए ।
कोभिडको रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले आवश्यक निति नियम र व्यावस्थापनको प्रवन्ध गरेको छ जसलाई नगरवासीहरुले आत्मसाथ गर्दै स्थानिय सरकारलाई सहयोग गरिरहेका छन् ।
तर पनि मेयर फागो कोरोना रोकथाम, नियन्त्रण र मृतको व्यावस्थापनमा आफै उपस्थित भएर लागि पर्ने गरेका छन् ।
कोरोना संक्रमण बाट मृत्यु भएकाहरुको व्यावस्थापन तथा अन्तिम सस्कारका लागि नेपाल सरकार कोभिड व्यावस्थापन इकाई युनिट अन्र्तगतको नेपाली सेनाको टोली आउन ढिलो हुने भएपछि मेयर फागो परिवार सगै शव व्यावस्थापनमा लागि परेका हुन ।
मेयर फागो सहित शव व्यावस्थापनमा लागि परेको टोलीले आवश्यक स्वास्थ्य उपकरण पिपिइ, माक्स, फेस सिल्ड र सेनिटाइजरको प्रयोग गरी शव व्यावस्थापन गरेको हो ।
धिमाल सहित उर्लाबारी २ मा कोरोना संक्रण पुष्टि भई मृत्यु हुनेको सख्या ४ पुगेको वडा अध्यक्ष राजन कुमार कडेलले जानकारी दिए ।
पछिल्लो समय उर्लाबारीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेहरुको सख्या महिला ९ र पुरुष ८ गरि १७ पुगेको उर्लाबारी नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश खड्काले बताए ।

सम्बन्धित खवर