पथरी शनिश्चरेमा औषधि पसल बाहेक सवै बन्द गर्ने निर्णय यथावत

पथरी शनिश्चरेमा औषधि पसल बाहेक सवै बन्द गर्ने निर्णय यथावत

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमणको जोखिम यथावत नै रहेकाले अर्को सूचना नभएसम्मका लागि यस अघि झैं औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत बन्द गर्ने निर्णय भएको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले अघिल्लो बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै अर्को सूचना नभएसम्मका लागि औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय गरेको हो । नगर उपप्रमुख एवम् समन्वय समिति सहसंयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राई सहित कोरोना संक्रमित नगरवासीमा सीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकले, जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले जेठ ११ गते राती १२ बजेदेखि जेठ १७ गते राती १२ बजेसम्मका लागि थप गरेको निषेधाज्ञा आदेश पालना गर्न प्रचार प्रसार गर्दै अनुगमन् गर्ने र त्यसको उल्लंघन गरेको पाइएमा प्रहरी प्रशासनबाट आवश्यक कारबाही समेत गरिने पनि निर्णय गरेको छ । निर्माण सामग्री बोक्ने मालबाहक यातायात साधनमा चालक बाहेक बढीमा २ जना सहयोगी मात्र रहने समेत बैठकले निर्णय गरेको छ ।

नगर अस्पतालमा आजबाट कोरोना संक्रिमतको उपचारका लागि सञ्चालनमा आएको आइसोलेसन वार्डमा खटिने स्वास्थ्यकर्मीको सेवा सुविधा सहितका विषयमा कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित खवर