सिंघिया खोलामा एक महिलाको शव फेला

सिंघिया खोलामा एक महिलाको शव फेला

विराटनगर, विराटनगर–१९ स्थित घिनाघाट पुलमुनि सिंघिया खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मंगलबार दिउँसो करिब ३ बजे विराटनगर–३ घर भएकी ४३ वर्षीया सुमित्रा खतिवडा मृत फेला परेकी हुन् । खोलामा घोप्टो परेर डुबेको अवस्थामा महिलाको शव भेटिएको स्थानीयले बताएका छन् । घटनास्थलमा अहिले मोरङ प्रहरीको अनुसन्धान टोली पुगेको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘मृत अवस्थामा शव भेटिएपछि प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेको छ,’ उनले भने, ‘अहिले मुचुल्का उठाएर घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’

मृतक महिलाको शरीरमा पनि कुनै किसिमको निलडाम नरहेको र महिलाले डिप्रेसनको औषधी सेवन गर्दै आएकोले आत्महत्या गरेको हुनसक्ने मोरङ प्रहरीको आशंका छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप खुल्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर