निः शुल्क खाना वितरण गर्दैः तालिम केन्द्र युवा कोभिड १९ एक्सन टिम

निः शुल्क खाना वितरण गर्दैः तालिम केन्द्र युवा कोभिड १९ एक्सन टिम

कोभिड १९ को दोस्रो भेरियन्टको महामारीका समयमा बिराटनगर रानी स्थित तालिम केन्द्र युवा कोभिड १९ एक्सन टिमले निःशुल्क खाना वितरण गरिरहेको छ । गरिब तथा बिपन्न समुदायका व्यक्तिहरुलाई चामल, नुन, तेल, आलु जस्ता अत्यावश्यक खाद्यान्न सामग्रीहरु वितरण अभियान सुरु गरेको अभियानका अध्यक्ष नरेश कुमार लाभले जानकारी दिए ।

भारतको जोगबनीसंग सिमा नाका जोडिएको रानी आसपासका क्षेत्रमा भएका गरिब तथा बिपन्न परिवार यतिबेला रोजगारी गुमेपछि चिन्तामा रहेका छन् । दैनिकी ज्यालामजदुरी गरेर गुजारा चलाउने परिवारलाई महामारीले बिहान बेलुका छाक टार्न हम्मे हम्मे परेको छ । यसरी दैनिकी चलाउन समेत समस्या भएका परिवारलाई अहिले समितिले निः शुल्क खाना खुवाउन लागि परेको लाभले जानकारी दिए ।

अभियानमा बिभिन्न मनकारी सहयोगी दाताहरुले सहयोग गरिरहेको अध्यक्ष लाभले बताए। रानी स्थित वडा कार्यालयहरु १३ ,१४, १५ र १६ नम्बरबाट मास्क र सेनीटाइजर लगायतका सामग्री सहयोग भएको छ। त्यसैगरी वडा नम्बर ६ का अध्यक्ष एवं युवा समाज नेपालका अध्यक्ष बिजय कामतले त्यस क्षेत्रमा भएका गरिब तथा बिपन्न परिवारलाई एक महिना सम्म दिनको १ सय जनालाई निः शुल्क खाना खुवाउने बाचा गर्नुभएको छ।

अभियानसुरु गरेको आज आठौँ दिन भएको बताउदै आफुहरुले खाना मात्र नभएर संक्रमितको घर साथै त्यस आसपासका क्षेत्रमा सेनिटाइज समेत गर्दैं आएको लाभले बताए । समितिले आफुहरुसंग एउटा अटो रिक्सा रहेको र सो रिक्सलाई आफुहरुले प्रसुति सेवाको लागि एम्बुलेंसको रुपमा प्रयोग गर्दै आएको समेत बताएका छन् ।

अभियानका सहयोगीहरु

युवा सेवा समाज बिराटनगरका अध्यक्ष बिजय कामत, युवा अभियन्ता फिरोज खान, असलम आलम, खान, तनबिर खान, संजय बिक त्यसैगरी कोशी अस्पतालका हैदर अलि र आफ्नो समितिका सम्पूर्ण सदस्यहरुका साथै बिभिन्न सहयोगी मनका धनिहरु जसले इ सेवा लगातयतका बिभिन्न माध्यामबाट आफुहरुलाई सहयोग भइरहेको लाभले बताए । सहयोगी सबैलाई धन्यवाद दिदैं अरु सहयोगी हातहरुप्रति सहयोगको अपिल समेत गरेका छन् ।

सम्बन्धित खवर