माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

झापा, झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् ।

आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका तामाङको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरीले तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर