लालीगुरास नगरपालिकाले थाल्यो टाेल टाेलमा गई एन्टिजेन परिक्षण

लालीगुरास नगरपालिकाले थाल्यो टाेल टाेलमा गई एन्टिजेन परिक्षण

रेवत पारघरी लिम्बु
तेह्रथुम / तेेेह्रथुमको लालीगुराँस नगरपालीकाले नया भेेेरियन्ट सहित दोस्रो लहरको कोरोना बढेसंगै शंकास्पद ब्याक्तीहरुलाई टाेल टाेलमा कोरोनाको एन्टिजेन्ट परिक्षण गर्न सुरु गरेको छ ।

नगरप्रमुख अर्जुनबाबु माबाेहाङ्गकाे नेतृत्वमा जनप्रतिनिधि , स्वास्थ्यकर्मी र बद्घिजीबिहरुको सहभागीतामा नगरपालिकाभित्रका टाेल टाेलमा परिक्षण गर्न सुरु गरिएकाे नगर प्रमुखका प्रेस सल्लाहकार राजकुमार तेङ्युङ्गले बताउनु भएकाे छ । जेठ ५ गतेबाट परिक्षण गर्न सुुरु गरिएकाे अभियान अन्तर्गत नगरपालिकाकाे साेल्माकाे गैरी टाेल, मेघा, राटमाटे, टिम्बुरे र सुङ्नामकाे माजखर्क , दाँगापाकाे ढुङ्गे टाेलमा आफ्नो ज्यानको प्रबाह नगरी दिनरात जनताको सेवा र स्वास्थ्यका लागी कोरोना सम्बन्धी चेतनामुलक सन्देश दिदै आफु सुरक्षित रहि आफु बचौँ र अरुलाई पनि बचाउँ, सामाजिक दुरी कायम गरौँ माक्स र सेनिटाईजर अनिवार्य प्रयोग गरौँ भन्दै टोल टोलमा गई कोरोनाको परिक्षण गरिएकाे छ।

उक्त परिक्षण अभियान बसन्तपुर स्वास्थ्य चौकिको समन्वयमा गरिएको नगर प्रमुख अर्जुन बाबू माबुहाङले जानकारी गराउनु भएकाे छ । नगर पालिकाभित्र रहेका नागरिक जनताहरुलाई कुनै समस्या परेमा नगरपालीकालाई सुचना गरे घरघरमा गएर परामर्श सहित सेवा दिने माबुहाङले बताउनुभएको छ

सम्बन्धित खवर