औषधी कालोबजारी गर्ने १ जना पक्राउ

औषधी कालोबजारी गर्ने १ जना पक्राउ

मोरङ, मोरङको बिराटनगर महानगरपालिका ३ बाट औषधी कालोबजारी गर्ने १ जना पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका ७ फुलकाहाकट्टी घर भई हाल विराटनगर महानगरपालिका ३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालन गर्ने २२ बर्षिय रविन्द्र महतो औषधी कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन् ।

महतोले सिरहा बरियारपट्टी गाउँपालिका ३ का ४५ को राम नारायण मुखियालाई २०७८ बैशाख २५ गते देखि २०७८ बैशाख ३० गतेसम्म फार्मेसीमा औषधी बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधीको बास्तविक मुल्य लेख्ने र अर्को खातामा बढि मुल्य लेख्ने तथा ग्राहकलाई त्यही बढि मुल्यको खाता देखाई औषधीको बढि मुल्य लिने गरेका थिए । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले महतोलाई फार्मेसीबाट नै पक्राउ गरेको हो । पक्राउ परेका महतोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर