कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समझ बुझाएको पत्रमा हस्ताक्षर गरेका १४९ सांसदले सर्वोच्च अदालतमा सम्भव भएसम्म भोलि नै रीट निर्वेदन दर्ता गर्ने गरी तयारी भइरहेको छ ।
सबै उपस्थित भएर सर्वसम्मत ढङ्गले जाने तयारी भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए । पौडेलका अनुसार त्यसका लागि तयारी सुरु भइसकेको र कानुनविद्हरूले लेख्न सुरु गरिसकेका छन्। पौडेलले भने राजनीतिक आन्दोलन पनि गर्ने हो। संयुक्त एकता पनि अगि बढेको छ। यो लक्ष पुरा गरेरै छोड्छौँ ।
कांग्रेसका ६१, माओवादीका ४९, एमालेको माधव नेपाल समुहको २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ गरी १४९ जनाको हस्ताक्षर हिजो राष्ट्रपतिकहाँ बुझाइएको थियो। तिनै १४९ जनाले संयुक्त रीट हाल्ने निर्णय गरेका हुन् । शनिवार बसेको विपक्षी दलहरूको बैठकले एकताबद्ध भई कानुनी र राजनीतिक रूपमा सरकारको कदमको प्रतिवाद गर्ने टुङ्गोमा पुगेको थियो।