मनकारी “अजय” जस्ले कोरोना महामारिमा एक्लै देखाए जिम्मेवारी

मनकारी “अजय” जस्ले कोरोना महामारिमा एक्लै देखाए जिम्मेवारी

किरण न्यौपाने, रंगेली

अहिलेको कोरोनाको महामारी बिच धन भएर पनि सामाजिक कार्यमा मन नभएका धेरै छन्, तर रंगेली नगरपालिका ७ निवासी २८ वर्षिय अजय कुमार मण्डल एक्लैले यो महामारिमा जिम्मेवारी देखाएका हुन् । रंगेली नगरपालिकाले रंगेली अस्पतालमा सञ्चालनमा ल्याएको कोभिड हस्पीटललाई आज करिब डेढ लाख मुल्य बरावरको स्वास्थ्य सामाग्री एक्लैले उपलब्ध गराएका छन् । रंगेली ७ शुक्रवारेमा ईशान्त फार्मेसी सञ्चालन गर्दै आएका अजयले १ सय थान अक्सीजन सिलिण्डर रिफिलिङ्ग गर्नका लागि नगद ४० हजार रुपैया समेत उपलब्ध गराएका छन् । उनले भने – अहिलेको अवस्थामा पैसा कामाउनु भन्दा मानिसको स्वास्थ्य रक्षा गर्नु पर्ने सबैको सामाजिक जिम्मेवारी हो, मैले आफनो स्थानबाट सामाजिक दायित्व देखाएको हुँ । मण्डलले अग्रणी स्थानमा रहेर कोभिड हस्पीटल रंगेलीमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य र विरामीहरुलाई अक्सीजनको कमीलाई ध्यान दिएर सहयोग गरेका हुन् । उनले ५ हजार थान सर्जिकल माक्स, १ सय २० थान सेनिटाईजर, चार प्याकेट ग्लोब्स, ५० थान फेस सिल्ड, एक सय काटुन पानी र  कोभिड हस्पीटलकोे अक्सीजन सिलिण्डर रिफिलिङ्ग गर्नका लागि नगद ४० हजार रुपैया रंगेली स्वास्थ्य संयोजक ब्रजेश मेहता र रंगेली अस्पतालका मेसु रोहेन्द्र पाँडेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

रंगेली अस्पतालका मेसु रोहेन्द्र पाँडेले स्थानिय युवा अजय कुमार मण्डलबाट प्रदान गरेको स्वास्थ्य सामाग्री र कार्यको प्रशंसा गर्दै आफुहरुकोे थप हैसला बढेको बताए । यता स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले स्वास्थ्य क्षेत्रमै सेवामा लागेका अजयले यो महामारीमा देखाएको मनकारी सहयोगका लागि साच्चिकै धान्यवादको पात्र रहेको प्रतिक्रीया दिए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: