हुण्डी कारोवारमा संलग्न ३ जना २१ लाख नगद सहित पक्राउ

हुण्डी कारोवारमा संलग्न ३ जना २१ लाख नगद सहित पक्राउ

मोरङ, हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको बिराटनगर महानगरपालिका ११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर १३ का २५ वर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ वर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त कार्यमा संग्लग्न बिराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार ५ सय र भारतीय रुपैयाँ २३ हजार तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको थियो । त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो । यसरी ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाएको छ ।

सम्बन्धित खवर