नगरपालिकाले बजारीकरण गरीदिन थालेपछि कृषिप्रति हौसिए कृषक

नगरपालिकाले बजारीकरण गरीदिन थालेपछि कृषिप्रति हौसिए कृषक

बेलबारी, कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण नगरपालिकाले गरीदन थालेपछि कृषि प्रति आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबालि, तरकारी, फलफुल लगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु कृषि प्रति हौसिएका छन् ।

नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ । २० हजार किलो धानको विउ अनुदानमा बितरण गरेको हो । नगरपालिकाले उक्त बिउ ५० प्रतिशत अनुदानमा कृषकलाई बितरण गरेको हो । बितरण गरीएको बिउले करीब ५ सय बिगाहा क्षेत्रफलमा खेतिगर्न सकिने कृषि शाखाका प्राविधिकहरु बताउछन् ।

राधा १२, कान्छी मन्सुलि, बहुगुणि, स्वर्णसव १, रंजित लगायतका प्रजातिका धानका विउ बितरण गरीएको हो । ३ हजार किलो मुल बिउ बितरण गरीएको नगरको कृषि शाखाले जानकारी दिएको छ । मुल बिउ उत्पादनपछि पुनः बिउको रुपमा प्रयोग गर्न मिल्ने कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए ।

उत्पादन भएका बस्तुहरुको बजारीकरणले हौसला मिलेको बेलबारीका पुराना किसान कबिन्द्र धिमालले बताए । एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आतमनिर्भर बनाउन तरकारी, फलफुल, कृषि औजारहरु समेत बितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल कृषि अनुसनधान परिषद तरहरा सुनसारीबाट बिउ ल्याएर बितरण गरेको हो ।

यस अघि नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बजारभाउभन्दा बढी मूल्यमा किनबेच गराइदिएको छ । किसानलाई ८० प्रतिशत छुटमा करिब १ हजार किलो बिउ वितरण गरेको थियो । बजारमा १२ सय प्रतिमनले गहुँ किनबेच भइरदाँ किसानले भने प्रतिमन १५ सय रुपैयाँ पाएका छन् । ६ हजार किलो गहुँ नगरपालिकाकै गाडीमा बजारसम्म नगरपालिकाले पुयाइदिएको हो । कृषि जन्य तथा उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण नगरपालिकाले आफै गरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण अन्तराष्ट्रिय बजारमा गर्न थालिएको समेत बताए ।

सम्बन्धित खवर