सुनकोशी नदीले बगाएर बालक बेपत्ता

सुनकोशी नदीले बगाएर बालक बेपत्ता

ओखलढुङगा, ओखलढुङगाको सुनकोशी गाउँपालिका १ का नबिन राईको १३ बर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् ।

आज बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका हुन् । बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सम्बन्धित खवर