तरूण नेता रणपहेलीको पहलमा कोरोना संक्रमीतको घर सेनीटाइज गरिने

तरूण नेता रणपहेलीको पहलमा कोरोना संक्रमीतको घर सेनीटाइज गरिने

पथरी/ मोरङको पथरीशनीश्चरेका कोरोना सङक्रमीतको घर सेनीटाइज गरिने भएको छ । तरूण दलका स्थानीय युवा नेता भूपेन रणपहेलीको पहलमा नगरका कोरोना सङक्रमीतको घरमा सेनीटाइज गरिनुका साथै मास्क बितरण गरिने भएको हो ।

पथरीशनिश्चरे वडा नं १० का वडाअध्यक्ष सागर थुलुङ र नेपाली काङग्रेसका जिल्ला सदस्य राजेन्द्र ढकालको सहयोग तथा तरूण दल नगर समितिसंगको सहकार्यमा संक्रमीतको घर सेनीटाइज हुने युवा नेता भूपेन्द्र रणपहेलीले जानकारी दिए। सो का लागि वडा नं. १० का वडाध्यक्ष सागर राईले नगद सहित माक्स, सेनिटाईजर, पिपिई, साबुन ग्लोब्स तरुणदल नगर अध्यक्ष सन्तोष कटुवाललाई हस्तान्तरण गरेका छन् ।

साथै उक्त अभियानका लागि शुशिल कोइराला फाउन्डेशनका महासचिव तथा नेपाली काग्रेस बिराटनगरका यूवा नेता दीपक चापागाँइले पनी ५० थान पिपिइ सेट, ५ सय पिस मास्क, १० लिटर सेनीटाइजर, २ डब्बा ग्लोब्स, सेनीटाइजर छर्कने ट्याङ्की १ थान उपलब्ध गराएका छन् ।

सम्बन्धित खवर