रंगेली हत्या अपडेटः अनिताको हत्या देवर बिनोदले गरेको आरोपमा पक्राउ

रंगेली हत्या अपडेटः अनिताको हत्या देवर बिनोदले गरेको आरोपमा पक्राउ

रङ्गेली , मोरङको रङ्गेली नगरपालिका ३ का १९ वर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ७ बजेको समयमा रङ्गेली नगरपालिका ३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ वर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्राउ गरेको हो ।

मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै-झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङ्गेलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर