कोरोना संक्रमणबाट मृत्यु हुने र निको हुनेमा नयाँ रेकर्ड कायम, एकै दिन २४६ को मृत्यु, ७ हजार ९८९ जना संक्रमण मुक्त

कोरोना संक्रमणबाट मृत्यु हुने र निको हुनेमा नयाँ रेकर्ड कायम, एकै दिन २४६ को मृत्यु, ७ हजार ९८९ जना संक्रमण मुक्त

कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु हुने र संक्रमण मुक्त हुनेमा नयाँ रेकर्ड कायम भएको छ । गत २४ घण्टामा २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८ हजार ०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना संक्रमित भेटिएका हुन् ।

सम्बन्धित खवर