सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको यही जेठ ४ गते निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यर्फत उहाँको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व. मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्वसदस्यसमेत हुनुहुन्थ्यो ।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत स्व. मल्लको सक्रिय योगदान थियो ।

सम्बन्धित खवर