युनियनले दियो सङ्क्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा

युनियनले दियो सङ्क्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा

नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोना सङ्क्रमित सञ्चारकर्मीलाई घरघरमै पुगी स्वास्थ्य सेवा प्रदान गरेको छ । जिल्लाका १२ सञ्चारकर्मी सङ्क्रमित छन् । पहिलो चरणमा होमआइसोलेशनमा रहेका सात सञ्चारकर्मीका निवासमा पुगी स्वास्थ्य सेवासहित आवश्यक सामग्री प्रदान गरिएको युनियन जिल्लाका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।

इटहरी कार्यक्षेत्र बनाएर विभिन्न सञ्चारमाध्यममा कार्यरत छ र इनरुवाका एक सञ्चारकर्मीलाई सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । आइसोलोशनमा रहँदा ख्याल गर्नुपर्ने विषयमा डाअमितकुमार खतिवडा तथा नर्स किरण चौधरीले सेवा प्रदान गर्नुभएको थियो ।

सम्बन्धित खवर