रंगेलीमा पहिलो पटक कोरोना संक्रमणबाट एकको मृत्यु

रंगेलीमा पहिलो पटक कोरोना संक्रमणबाट एकको मृत्यु

किरण न्यौपाने, रंगेली

कोरोना संक्रमणबाट रंगेलीका एक जनाको मृत्यु भएको छ । मृतक रंगेली नगरपालिका वडा नं. ७ का ५० वर्षिय पुरुष रहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाँडेले जानकारी दिए ।

उनको रंगेली कोभिड हस्पीटलमा उपचार सम्भाव नभएपछी थप उपचारका लागि विराटनगर स्थित कोशी कोभिड हस्पीटलमा पु¥याउदा मृत्यु भएको हो । रंगेलीका मेसु पाँडेले अक्सीजन लेभल कम रहेको र रंगेलीमा भर्ना गराएर उपचार गराउदा राती सुधार हुदै गएकोमा मध्य रात पछि पूनः थप समस्या देखिएपछी भेन्टीलेटर मै राख्नुपर्ने भन्दै विराटनगर कोशी कोभिड अस्पतालमा पु¥याइएको थियो । उपचारकै क्रममा आज दिउसो विराटनगरमा मृत्युको जानकारी दिए । दोस्रो लहरको कोरोना कहरमा रंगेलीमा यो पहिलो मृत्यु भएको बुझिएको छ ।

सम्बन्धित खवर