कोरोना संक्रमितको उपचारका लागि लहानको आँखा अस्पतालमा ७ सय बेडको वार्ड संचालन गर्ने

कोरोना संक्रमितको उपचारका लागि लहानको आँखा अस्पतालमा ७ सय बेडको वार्ड संचालन गर्ने

राजेन्द्र महतो, लहान

जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सिरहाको एक बैठकले कोरोना संक्रमितको उपचारका लागि अधिकतम बेडको व्यवस्थापन मिलाउने निर्णय गरेको छ।

सिरहा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको अध्यक्षता मा आईतवार बसेको बैठकले लहान स्थित सगरमाथा चौधरी आँखा अस्पतालमा रहेको ७ सय बेडको वार्डलाई कोभिड संक्रमित विरामीहरुको उपचार तथा व्यवस्थापनको लागि उपयोग गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार कोभिड वार्ड संचालनको व्यवस्थापन गर्न लहान नगरपालिकाले विशेष पहल गरी प्रक्रिया अगाडी बढाउने निर्णय भएको बताएका छ्न् । प्रजिअ कणेलले लहानका नीजि अस्पतालहरुले बैठक बसी कोभिड–१९ को प्रभावकारी व्यवस्थापनका लागि कार्ययोजना तयार पार्ने निर्णय पनि भएको बताएका छन् ।

त्यस्तै लहानको सप्तऋषि अस्पताललाई ३० बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा अस्पतालमा रहेको अक्सिजन सिलिण्डर र अक्सिजन प्लान्ट २४ सैं घण्टा सञ्चालनमा राख्ने निर्णय पनि भएको छ। प्रजिअ कणेल ले अक्सिजन प्लान्ट चालु अवस्थामा रहेपनि फिलिङ सिस्टम नभएकाले विभिन्न दातृ निकायसंग आवश्यक पहल गरी फिलिङ सिस्टम जडान गर्ने निर्णय पनि गरिएको बताएका छ्न् ।

सम्बन्धित खवर