लेटाङमा कोभिड सङ्क्रमण रोक्न कर्मचारी परिचालन

लेटाङमा कोभिड सङ्क्रमण रोक्न कर्मचारी परिचालन

लेटाङ, विश्व महामारीको रुपमा रहेको कोभिड १९ को सक्रमणलाई वडा क्षेत्रमा भयाबय हुनबाट जोगाउन लेटाङ वडा नम्बर २ को कार्यलयले शिक्षक र सहकारीका कर्मचारीलाई स्वयमसेवकको रुपमा परिचालन गरेको छ ।
आईतबार वडा कार्यलयमा सरोकारवालाहरुको बैठक बसि वडा क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका शिक्षक र सहकारी सस्थाका कर्मचारीहरुलाई सोमबारबाट स्वयमसेवकको रुपमा परिचालन गरेको हो । सङ्क्रमण दरलाई रोक्न जिल्ला प्रशासन कार्यलय मोरङ तथा लेटाङ नगरपालिकाले गरेको निषेधाज्ञासहित गत १० दिन देखि गर्दै आएको वडा सिललाई पुन: जेठ ११ गतेसम्म लम्ब्याएको र सो सिललाई ब्यबस्थित तथा कडा बनाउनको लागि गर्न सोमबारबाट कर्मचारी परिचालन गरिएको हो ।
यसअघिसम्म वडामा रहेको बुधबारे प्रहरी चौकि र जनप्रतिनिधिहरुको सिमित जनशक्तिबाट २ वटा नाकाहरुमा ड्युटी गरि वडा सिल गरि अति आबश्यक काम बाहेक हिडडुल गर्न निषेध गरिएकोमा अब थप दुईस्थानमा प्रहरी र स्वयम् सेवक परिचालन गरि सिललाई ब्यबस्थापन गर्न लागिएको हो ।
बिपदको समयमा नागरिकको रक्षाको लागि प्रत्येक नागरिकले योगदान गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै पहिलो चरणमा सरकारी बिद्यालयका शिक्षक तथा सहकारी सस्थाका कर्मचारीलाई परिचालन गर्न लागिएको लेटाङ २ नम्बर वडाका अध्यक्ष तेजप्रसाद तिम्सिनाले बताउनु भयो ।
वडामा हालसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अबस्थामा थप सङ्क्रमण वृद्धि नहोस भन्ने हेतुले वडालाई पुर्ण रुपमा सिल गरिएको बताउदै वडा अध्यक्ष तिम्सिनाले सरकारी बिद्यालय तथा सहकारीका कर्मचारीहरुले स्वतस्फुर्त कोरिना नियन्त्रणको लागि स्वयमसेवा गर्न लाग्नु भएको जानकारी दिनुभएको छ । हाल लक्ष्मी माबी र हिमचुली प्राबीका शिक्षक र जनचाहना साकोसका कर्मचारीले स्थानिय प्रहरीलाई सहयोग गरिरहेका छन ।
उहाका अनुसार ३५ जनाभन्दा बढि कर्मचारीहरुले पालो सिस्टमबाट (बिहान ५:०० बजेबाट साझ ६:०० बजेसम्म) जेठ ११ गतेसम्म ४ वटा नाकाहरुमा स्वयमसेवकको रुपमा प्रहरीलाई सहयोग गर्नेछन । सोको लागि वडा कार्यलयबाट स्वास्थ्य सामाग्री, परिचय कार्ड र दिवा खाजाको ब्यबस्थापन गर्ने तथा बिहानको खाजा स्वयम् ब्यक्तिले घरबाट नै ब्यबस्था मिलाउनु पर्नेछ ।
स्वयमसेवकहरुले नाकामा ड्युटीसङै गाउबस्तीमा कोभिड सङ्क्रमणसङ्ग मिल्दोजुल्दो लक्षण देखिएका नागरिकको बिबरण समेत वडा कार्यलयमा बुझाउने छन भने सोको आधारमा कोभिड परिक्षणको प्रबन्ध मिलाईने जनाईएको छ ।
सो क्रममा अति आबश्यक काम बाहेक सडकमा हिडडुल गरे प्रहरीले स्पोर्टमा नै नगद जरिवाना गर्ने बताउदै प्रहरी चौकी बुधबारेका ईन्चार्ज तारा ब. बस्नेतले अनाबश्यक रुपमा घरबाहिर ननिस्कन सबैसङ्ग आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर