रंगेली बजार क्षेत्र पुर्णरुपमा शिल, दुध र स्वास्थ्य सेवा मात्र खुल्ला रहने

रंगेली बजार क्षेत्र पुर्णरुपमा शिल, दुध र स्वास्थ्य सेवा मात्र खुल्ला रहने

किरण न्यौपाने, रंगेली

रंगेलीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले वडा शिलसंगै बजार पुर्ण रुपमा बन्द गर्ने भएको छ । आज नगर स्तरिय कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु पुर्ण रुपमा शिलसंगै हाट बजार बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले जेष्ठ ३ गते राति १२ बजे देखि ११ गतेसम्म रंगेलीका ९ वटै वडामा स्वास्थ्य सेवा र दुध विक्री वितरण बाहेक अन्य पसल व्यपार बन्देज लगाएको छ । कोरोना संक्रमण देखिएको वडा नं. ४, ५, ६ र ७ मा पुर्ण रुपमा वडा शिल गर्ने निर्णय भएको रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले जानकारी दिए ।

उनले भने – होम आईसोलेशनमा बसेका परिवारबाट लापरवार्ही देखिएकाले थप निर्णय गर्नु परेको छ । बैठकले होम आईसोलेसनमा बसेका परिवारलाई वडाध्यक्ष, स्वास्थ्यकर्मी र प्रहरी सहितको टोलीले घर घरमा पुगेर सचेत गराउने र छिमेकीहरु समेतलाई संक्रमित परिवारको घर बारे जानकारी दिन सचेतना गराउने निर्णय गरेको छ ।

सिसिएमसिको बैठकले पुर्व भेडुवा थान, पश्चिम चेका पुल, उत्तरमा बक्राह खोला र दक्षिणमा भारतिय सिमा क्षेत्रलाई पुर्ण निषेधित गरेको छ । योसंगै रंगेली कोभिड हस्पीटललाई आवश्यक स्वास्थ्य सामाग्री र व्यवस्थापनको लागि समेत निर्णय गरेको स्वास्थ्य संयोजक ब्रजेश मेहताले जानकारी दिए ।

सम्बन्धित खवर