भरुवा बन्दुक सहित ४ जना पक्राउ

भरुवा बन्दुक सहित ४ जना पक्राउ

खोटाङ, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण विश्वकर्मा रहेका छन् ।

गए राती १० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको हो । विकलाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगाएत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर