पाँचबुदे अनुराेध जारी, नागरीकहरूलाई घर घरमा सेवा दिने

पाँचबुदे अनुराेध जारी, नागरीकहरूलाई घर घरमा सेवा दिने

रेवत पारघरी / तेह्रथुम जिल्लाकाे छथर गाउँपालिकाले कोरोना भाईरस कोभिड १९ नयाँ भेरियन्स संक्रमण तिब्र रुपमा बढ्दै गईरहेको समयमा छथर वासी समुदायका नागरिकहरुमा पर्न गएकाे असहज परिस्थितिलाई मध्यनजर गर्दै घर घरमा सेवा दिने भएको छ ।

भाइरसको संक्रमण देशैभरि तीब्ररुपमा फैलिरहेकाले निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै आफ्ना नागरिकहरुलाई घर घरमै पाँच प्रकारकाे सेवा प्रवाह गर्ने अनुराेध गर्नुभएकाे छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । आकस्मिक रुपमा बिरामी भएका नागरिकहरुलाई घर घरमै सवारी साधान निशुल्क उपलब्ध गराउने गरी गाउँपालिका अध्यक्ष सवार गाडीका साथै अन्य सवारी साधानको आवश्यकता अनुसार सेवा दिने अध्यक्ष तिगेलाले बताउनु भयो ।

त्यस्तै खाद्यान्नको अभाव भएमा टोलविकासको अनुरोधमा निःशुल्क ढुवानीको व्यवस्था गरिदिने, खानेपानीको अभाव भएमा टोलमै ट्याङ्कर मार्फत् आपुर्ति गरिदिने, संक्रमितहरु नआत्ति सुरक्षीत स्थानमै रहन अनुराेध गर्दै स्वास्थ्यकर्मी मार्फत् दैनिक दुई पटक टेलिफोनमार्फत परामर्श सेवा दिने र निषेधाज्ञाको समयमा कसैको निधन भएमा निःशुल्क सवारी साधन उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर