तेह्रथुमकाे एक बिद्यालयमा अभिभावकले लगाए ताला

तेह्रथुमकाे एक बिद्यालयमा अभिभावकले लगाए ताला

रेवत पारघरी
तेह्रथुम /तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नं ४ फाक्चामाराकाे हाक्पारामा रहेको जलकन्या आधाभुत बिद्यालयमा अभीभावकहरुले विद्यालयमा राजनिति भएकाे जनाउदै ताला लगाएका छन ।

बिद्यालयमा आधारभुत (प्राथमिक ) तहका लागी एक जना अस्थाई करार शिक्षक पद रिक्त भएकाे दरवन्दीका लागि विद्यालयले विज्ञापन अाव्हान गरेकाे थियाे । उक्त विज्ञापन बिद्यालयले १६ गते सुचना प्रकाशित भएको जनाए पनी २९ गते मात्रै बिद्यालयमा सुचना टाँस गरीएको र ३० गते आबेदन लिने दिन बिद्यालय नै नखुले पछी स्थानिय याेग्यता पुगेका उमेद्वारहरुले अावेदन दिन नपाएकाे गुनासाे गर्दै अभीभावकहरुले ३१ गते वि.व्या. स.सदस्या तथा अभिभावक ताेकेन्द्र लिम्बुकाे संयाेजकतामा २६ समिति तदर्थ समिति गठन गरी बिद्यालयमा ताला लगाईएको स्थानीय सिद्धीमान लिम्बुले बताउनु भयो । बिद्यालय व्यावस्थापन समितीको बैठक बिना नै आबेदन आव्हान गरिएको र यसमा प्रधानध्यापक र व्यावस्थापन समितीका अध्यक्ष बिच मात्रै निर्णय भएर सुचना सार्वजानिक गरेको बिद्यलाय व्यावस्थापन समितीका सदस्य तोकेन्द्र लिम्बुले बताउनु भयो ।

कक्षा १ देखी ५ सम्म अध्यापन हँुदै आएको बिद्यालयमा दुई जनाको दरबन्दी रहेपनी एक जना मात्रै कार्यरत रहेको र एक जना शिक्षकको अस्थाई करार रिक्त दरबन्दी पदको लागि आबेदन आव्हान गरीएको थियो । बिद्यालय जस्तो शैक्षिक क्षेत्रमा राजनिती गर्नु गलत भएको स्थानीय जमान सिंह लिम्बुले बताउनु भयो । यता बिद्यालयका प्रधानाध्यापकले भने ताला लगाईएको बारे जानकारी नभएको जनाएको छ । कोरोनाका कारण प्रशासन बन्द भएको र आवश्यक काम परेकाे खण्डमा बिद्यालय खोल्दै आएको र बिद्यालयमा कस्ले ताला लगाएको हाे भन्ने थाहा नभएको प्रधानध्यापक तेजबहादुर लिम्बुको भनाई छ ।

बिद्यालयमा शिक्षकका लागी सुचना प्रकाशित गरेको आबेदन लिने दिन बिद्यालय नगएको प्रधानध्यापकले स्वीकार्दै भने ‘ आबेदन दिन आएका छौ भनेर कसैले पनी फोन गरेनन् फोन मात्रै गरेको भए म बिद्यालयमा पुग्थेँ बिद्यालयमा कस्ले ताला लगाएको भन्ने मलाई थाहा छैन र जानकारी पनी नगराएकाे ’ विद्यालयले जनाएकाे छ। अभीभावकहरुले बिद्यालय नै बन्द भएपछी आबेदन दिन नपाउँदा योग्यता भएपनी अबसर लिन बञ्चीत भएकोले बिद्यालयमा ताला लगाउन बाध्य बनेको बताएका छन ।

सम्बन्धित खवर