पथरी शनिश्चरेमा औषधी पसल बाहेक सबैखाले पसलहरु बन्द, संक्रमितको संख्या ६२ पुग्यो

पथरी शनिश्चरेमा औषधी पसल बाहेक सबैखाले पसलहरु बन्द, संक्रमितको संख्या ६२ पुग्यो

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेकाले यसबाट बच्ने सतर्कताका लागि जेठ २ गते राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले पसल व्यवसाय वन्द गर्ने निर्णय भएको छ ।

वडाध्यक्षहरु समेत आमन्त्रित रहेको नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले भोली जेठ २ गते राती १२ बजेबाट अर्काे सूचना नभएसम्मका लागि नगरका औषधि पसल बाहेकका सम्पूर्ण प्रकारका पसल, व्यवसाय तथा आवतजावत पूर्ण बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले नगरमा आजसम्ममा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको र ६२ जना संक्रमित भइसकेको अवस्थालाई ध्यानमा राखेर त्यसखाले निर्णय गरेको छ ।

बैठकले, निर्माणका क्रममा रहेको सार्वजनिक निर्माण कार्यका लागि आवश्यक ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रिपर सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर विहान ६ देखि विहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाउने कुरा उल्लेख गरेको छ । साथै वन्दलाई कडाईका साथ कार्यान्वय गराउन वडाध्यक्षको अगुवाईमा वडा वडामा वडास्तरीय समन्वय समिति निर्माण गर्दै प्रहरी प्रशासनसँगको सहकार्यमा जनप्रतिनिधिहरु थप सक्रिय वन्ने समेत निर्णय भएको छ ।

तोकिएको यसखाले निर्णय पालना नगरे, नगराएमा तथा बस्तुहरुको कालोबजारी गरेमा कानून बमोजिम कारबाही समेत हुने निर्णय गरेकोछ । नगरमा पछिल्लो पटक स्वाब संकलन गरिएका ४८ जनामध्ये १६ जनालाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि संक्रमितको संख्या ६२ पुगेको छ ।

सम्बन्धित खवर