छुरी प्रहारबाट लेटाङका एक युवाको हत्या

छुरी प्रहारबाट लेटाङका एक युवाको हत्या

लेटाङ, लेटाङ नगरपालिका वडा नं. ३ मा हिजो छुरिले रोपेर एकजनाको हत्या भएको छ । लेटाङ नगरपालिका वडा नं. ३ का रोमन राईको हत्या भएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक रोमन राज अर्यालले जानकारी दिनुभयो ।

राती ८ः४५ बजे तिरको समयमा स्थानिय ठाँउमा बसोबास गर्दै आएका दिलबहादुर लिम्बू , सुशील नेपाली र भुपाल मगरले हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्याराहरु ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेका छन् । मृतकको सब पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएको प्रहरिले जनाएको छ ।

सम्बन्धित खवर