रंगेलीमा थप २८ जनामा कोरोना संक्रमण, अब नया रणनीति बनाउछौ: स्वास्थ्य शाखा

रंगेलीमा थप २८ जनामा कोरोना संक्रमण, अब नया रणनीति बनाउछौ: स्वास्थ्य शाखा

किरण न्यौपाने, रंगेली  रंगेलीमा एकै दिन थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेली स्वास्थ्य शाखाले गत मंगलबार संकलन गरेको ४१ जना स्वापको मध्ये २८ जनामा कोेरोना देखिएको हो । संक्रमित अधिकांश होम आइसोलेशनमा बसेका विरामीहरुको परिवार सदस्य रहेको स्वास्थ्य शाखा संयोजक ब्रजेश मेहताले जानकारी दिए । संक्रमित रंगेली वडा नं. ४ का १ जना, वडा नं.५ का २ जना, वडा नं.६ का १४ जना, वडा नं.७ का ७ जना र वडा नं.८ का ४ जना रहेका छन् । संयोजक मेहताले अधिकांश होम आइसोलेशान बसेका परिवारका सदस्यहरुमा संक्रमण देखिएको छ । घरमा विरामी बस्द स्वास्थ्य मापढण्ड पालना नगरेको जस्तो देखियो, अब नया रणनिति बनाएर अगाढी बढ्छौ, उनले भने संक्रमितको घर घरमै गएर फेरि सचेतना संगै समुदायमै संक्रमणलाई निस्तेज बनाउने अबको योजना हुन्छ । रंगेली नगरपालिकाले यस अघि नै संभावित जोखिमलाई मध्य नगर र कोभिड हस्पीटल तथा आईशोलेसन सेन्टर बनाई सकेको छ भने प्रशासनले निषेधाज्ञालाई थप कडा गर्दै गएको छ । यो संगै रंगेलीमा संक्रिय संक्रमितको संख्या ७५ जना पुगेको छ भने निको हुनेको संख्या १८ जना रहेको छ ।

सम्बन्धित खवर