काठमाडौं, ३१ वैशाख । नेकपा एमालेको विवाद समाधानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि वार्ता हुने भएको छ ।
दुई नेताबीच सिंहदरबारमा वार्ता हुने बताइएको छ । दुई नेताबीच विहीबार भएको वार्ताको सहमति अनुसार आज कार्यदल गठन गर्ने सम्भावना छ ।
प्राप्त जानकारी अनुसार साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्ताका लागि सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्तलगातय नेताहरुलाई पनि बोलाइएको बताइएको छ ।