मोरङको निषेधाज्ञा जेठ ११ सम्म थपियो

मोरङको निषेधाज्ञा जेठ ११ सम्म थपियो

विराटनगर, मोरङमा जारी निषेधाज्ञा आगामी जेठ ११ गतेसम्मका लागि थपिएको छ । निषेधाज्ञालाई थप कडाई गर्दै कोरोना संक्रमणको चेनब्रेकका लागि थप दशदिन लम्ब्याउने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलका अनुसार बैठकले कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तिय संस्थाहरुले सिमित सेवा मात्रै प्रदान गर्नेछन्, प्रवक्ता पोखरेलले भन्नुभयो–नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय विराटनगरले त्यसको समन्वय गर्नेछ । त्यस बाहेक संघ, प्रदेश र स्थानीय सरकार मातहतका कार्यालयहरु समेत अत्यावश्यक बाहेकको सेवा बन्द रहने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गते राती १२ बजेसम्मका लागि दोस्रो पटक जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो । मोरङका केही स्थानीय तह केन्द्रीत गरेर पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा आदेश जारी भएको थियो ।

सम्बन्धित खवर