रंगेलीमा मेयर वगडियाको टोलीले आईसोलेशन र कोभिड हस्पीटलको निरिक्षण ग¥यो ः चुस्त दुरुस्त राख्न निर्देशन

रंगेलीमा मेयर वगडियाको टोलीले आईसोलेशन र कोभिड हस्पीटलको निरिक्षण ग¥यो ः चुस्त दुरुस्त राख्न निर्देशन

किरण न्यौपाने, रंगेली

रंगेली नगरपालिकाको नगर स्तरीय कोरोना व्यवस्थापन केन्द्रले नगर भित्रको निषेधाज्ञालाई थप कडाई गर्ने भएको छ । रंगेली नगरपालिकाले २० शैयाको कोभिड १९ हस्पीटल र ५० बेडको आईशोलेसन सेन्टर सञ्चालनमा ल्याएसंगै बजारमा निषेधाज्ञा उलङ्घन नियन्त्रणमा सक्रियता देखाएको हो ।

नगर स्तरीय कोरोना व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका मेयर दिलिप वगडीया, नगरका प्रशासकिय प्रमुख टोम प्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का, शसस्त्र प्रहरी रंगेली विओपीका निरिक्षक कमल अधिकारी, स्वास्थ्य शाखा संयोजक ब्रजेश मेहताले रंगेली अस्पतालमा सञ्चालनमा आएको कोभिड हस्पीटल र ओपीडी सेवाको कार्य सम्पादनको अनुगमन तथा रंगेली तिरुपती आर्यघाटमा रहेको आईशोलेसन सेन्टरको निरिक्षण समेत गर्नुभएको थियो । हाल रंगेली कोभिड १९ हस्पीटलमा ३ जना संक्रमितको उपचार भइरहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाँडे जानकारी दिए ।

बिहिवार एलसिसिएमसिको बैठकले जिल्लाले जारी गरेको निषेधाज्ञालाई थप कठाई गर्ने सहित ५ बुदे निर्णय समेत गरेको छ । मानवीय समस्यालाई ध्यान दिएर बजारमा १० बजे सम्मका लागि दिईएको अति आवश्यक सामान खरिदको समयमा अनावश्यक हिड्डुल बढेको प्रशासनको समेत बुझाई छ ।

खाधान्न, निर्माण सामाग्री र स्वास्थ्यसंग सम्वन्धित पसलहरु खोल्ने जिल्ला प्रशासनको आदेश विपरित लत्ताकपडा, खाजा लगायतका पसलहरु लुकिछिपी पसल खोल्दै ग्राहक पसल भित्र राख्ने गरेको जनगुनासो बढेपछी प्रशासन र एलसिसिएम बैठकले निर्णय गरेको छ । निषेधाज्ञा उलङ्घन गर्नेलाई कानुन बमोजिम गर्ने समेत निर्णय भएको छ ।

बैठकले नगरपालिकाको अर्को निर्णय नहुन्जेल सम्मका लागिा नगरपालिका र वडाका अति आवश्यक बाहेकका काम पुर्ण रुपमा थप बन्द गर्ने, बित्तिय संघसंस्थाले विहान १० बजे देखी साढे १२ बजेसम्म सेवा दिने समय तोकेको छ । कोरोना संक्रमितको तथ्याङ्क दैनिक नगरको पेजमा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर