सिरहामा पुनः ३ हप्ताको लागि निषेधाज्ञा थप

सिरहामा पुनः ३ हप्ताको लागि निषेधाज्ञा थप

राजेन्द्र महतो, लहान

कोभिड १९ संक्रमण न्यूनीकरण गर्न सिरहामा ३ हप्ताको लागि पुनः निषेधाज्ञा थप गरिएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सिरहाको बिहीबार बसेको बैठकले २०७८ बैशाख ३१ राती १२ बजे देखि जेष्ठ २१ गते राती १२ बजेसम्म सिरहा जिल्ला भर लागु हुनेगरी निषेधाज्ञा थप गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कंडेलको अध्यक्षतामा वसेको डीसीसीएमसी बैठकले एक सूचना जारी गर्दै जिल्लामा अगामी जेठ २१ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका हुन् ।

कोरोनाको दोस्रो लहर शुरुभएपछि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणको निषेधाज्ञा सकिनु अघि पुनः प्रशासनले अगामी जेष्ठ २१ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो। बैठकले निषेधाज्ञा अवधि भरी अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासन र सम्वन्धित निकायलाई काडा रुपमा प्रस्तुत हुन आग्रह गरेको छ ।

सम्बन्धित खवर