रंगेली प्रहरी निषेधाज्ञा उल्ङघन माथी कडा बन्दै, एकै दिन २ सय बढी कार्वाहीमा

रंगेली प्रहरी निषेधाज्ञा उल्ङघन माथी कडा बन्दै, एकै दिन २ सय बढी कार्वाहीमा

किरण न्यौपाने, रंगेली

इलाका प्रहरी कार्यालय रंगेलीले निषेधज्ञा उलङ्घन गर्नेलाई सडकमै “होल्ड” गराउन थालेको छ ।

अति आवश्यक सामान खरिद गर्न विहान १० बजे सम्मको समयको दुरुपयोग गरि अनावश्यक हिडडुल गर्ने क्रम बढेपछी प्रहरी कार्वाहीमा उत्रिएको हो । मानविय समस्यालाई ध्यानमा दिएर स्वास्थ्य मापढण्ड पुरा गरी अति आवश्यक सामान खरिद गर्नका लागि विहानको समय दिएको हो तर समयको दुरुपयोग गरि अनावश्यक हिडडुल गर्ने क्रम बढेपछी अन द स्पोट “होल्ड” गराएर राख्न थालिएको प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए ।

प्रहरीले आज रंगेलीमा करिव दुई सय जनालाई सडकमै “होल्ड” गराएर छाडेको छ । प्रहरीले उनिहरुलाई आधा देखी १ घण्टा सम्म उभ्याएर राखेको थियो । सो क्रममा सरकारले तोकेको मापढण्ड बमोजिम १५ जनाको जन्ती सख्यालाई उलङ्घन गरि बढी जन्ती हिडेकालाई समेत रंगेली प्रहरीले सडकमै “होल्ड” गराएको थियो । करिव ३० मिनेट सडकमा होल्ड गराएर प्रहरीले जन्तीलाई छाडेको हो ।

सम्बन्धित खवर