नगरपालिका लाई आसोलेसन बनाउन नदिन मुख्य भुमिका डाक्टरको

नगरपालिका लाई आसोलेसन बनाउन नदिन मुख्य भुमिका डाक्टरको

उर्लाबारी । मोरङको उर्लाबारी-३ मगलवारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा स्थानिय सरकारले आसोलेसन सेन्टर निर्माण गर्न खोज्दा अस्पतालले नै अवरोध गरेको छ ।
प्रदेश १ सरकार मातहत रहेको सो अस्पतालमा कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजन सहितको आसोलेसन सेन्टर निर्माण गर्न उर्लाबारी नगरपालिकाले प्रक्रिया अगाडी बढाएको थियो ।
तर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेड डा. दिव्य खनाल सहित संचालक समितीले विभिन्न बहाना बनाएर आइसोलेसन निर्माणमा असहयोग गरेपछि उर्लाबारी नगरपालिकाले बनाउन लागेको आइसोलेसन सेन्टर त्याहा नवन्ने भएको छ ।
अस्पतालमा ५ वेडको होल्डीङ सेन्टर चलाउने र अन्य बेड झापाको दमक स्थित ताराबारी लैजाने योजनामा अस्पताल प्रशासन लागेपछि स्थानिय सरकारले हात झिकेको हो ।
उर्लाबारीमा दोस्रो लहरको कोरोनाका कारण संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपछि अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माणमा स्थानिय सरकार लागि परे पनि अस्पताल बाट सहयोग नभएको उर्लाबारी नगरपालिकका मेयर खड्ग बहादुर फागो बताउछन् ।
फागो भन्छ्न-“पुरानो प्रसुती गराउने गुम्सो भवन छ जहा नर्मल मान्छे पनि निसासिने खालको छ त्यहा अक्सिजन अभावमा छटपटिएको नागरिकलाई कसरी लैजानु,छलफलमा हुुन्छ गर्ने भन्छन् छलफल सकेर निस्कीए पछि फेरी कार्यान्वयन गराउन दिदैनन् ।”नागरिक अक्सिजन अभाव र उपचार नपाएका कारण मृत्युवरण गरिरहेका छन् उनिहरु अलझाउने काम मात्रै गरिरहन्छन् अति भयो अव हामी छुटै ठाउमा व्यावस्थापन गर्ने तयारीमा छौ २ दिन भित्र संचालनमा ल्याउछौ ।
उर्लाबारीमा कोरोना भाइरस दोस्रो लहरका कारण अहिले सम्म ६ जनाको मृत्यु भइसहेको छ भने ६८ जना भन्दा बढी सक्रिय संक्रमितहरुको संख्या रहेको छ
संक्रमणको दर दिनप्रतिदिन बढ्दो ग्राफमा रहेका कारण स्थानिय सरकारले सहयोग गर्न अस्पताल सग अपिल गरेपनि अस्पताल गैह्रजिम्मेवार बन्दा स्थानियहरु स्वास्थ्य सुविधा पाउन बाट बञ्चित भएको स्थानीय पिपल गिरी बताउछन् ।
प्रदेश १ सरकार मातहत रहेको सो अस्पतालको क्षमता ५० बेडको भएता पनि अस्पताल अहिले १० बेडमा मात्रै सचालनमा रहेको छ ।
१० वेडमा संचालनमा रहेको अस्पतालको भौतिक संरचाना प्रशस्तै मात्रामा भएपनि त्याहा कार्यरत डाक्टरनै आफ्नो जिम्मेवारी बाट पन्छिने गरेको आरोप अर्का स्थानिय स्थानीय किरण श्रेष्ठको रहेको छ ।
यता हामीले अस्पतालका डाक्टर दिव्य खनाललाई प्रसस्तै भौतिक संरचना हुदा हुदै पनि झापा लैजाने कुरा आयो नि किन भनेर प्रश्न गर्दा डाक्टर खनालले नागरिकको स्वास्थ्य सग जोडिएको सवाललाई मनोरञ्जनको संज्ञा दिदै भने-“झापा पनि नेपाल नै हो अर्को देश हैन यहा भौतिक संरचना छैन हामी ठाउ खोज्दैछौ तपाइहरुलाई मनोरञ्जन दिन सक्दिन अहिले जानुहोस”
यसको अर्थ उनि आफु कार्यरत मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोरोना संक्रमितहरुको उपचार गर्न नपाएपनि हुन्थ्यो भन्ने मनसायमा रहेको प्रस्ट भएको छ ।
अस्पतालमा सामान्य भन्दा सामान्य रोगको उपचार पनि नहुदा विरामीहरुको उपस्थिती न्युन हुने गर्दछ ।
तसर्थ अस्पताललाई कोभिड अस्पतालका रुपमा विकाश गराउन सके उर्लाबारी सग सिमाना जोडिएका पथरी, कानेपोखरी, लेटाङ, बेलबारी र मिक्लाजुङ सहित उत्तरी मोरङका ७ भन्दा बढी स्थानिय तहका कोरोना संक्रमितहरुले बिराटनगर, धरान र विर्तामोड सम्मको ५० किलोमिटरको यात्रा तय गर्नु पर्ने थिएन ।
भने पछिल्लो समय संक्रमणका कारण गम्भिर भएर उपचार गराइरहेका विराटनगर, धरान, विर्तामोडका कोभिड अस्पतालहरुमा भएको भेन्टिलेरको अभावलाई पनि केही हद सम्म राहत पुग्ने थियो ।
तर विडम्वना अस्पतालले उर्लाबारी नगरपालिकाले प्रारम्भिक चरणमा १० बेडको आइसोलेसन सेन्टर निर्माणका लागि सहयोग मागे पनि अस्पतालले बखेडा निकालेपछि अहिले उर्लाबारी नगरपालिका आइसोलेसन सेन्टर निर्माणका लागि ठाउको खोजी गर्न बाध्य भएको छ ।

सम्बन्धित खवर