रोटरीले रंगेली अस्पताललाई ३१ थान अक्सीजन सिलिण्डर र स्वास्थ्य सामाग्री दियो

रोटरीले रंगेली अस्पताललाई ३१ थान अक्सीजन सिलिण्डर र स्वास्थ्य सामाग्री दियो

किरण न्यौपाने, रंगेली

कोरोनाको महामारी बिच रोटरी क्लवहरुले संयुक्त रुपमा रंगेली अस्पताललाई ३१ थान अक्सीजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

अस्पताललाई रोटरी क्लव अफ विराटनगर डाउन टाउन, रोटरी क्लव अफ विराटनगर र रोटरी क्लब अफ फयुजनको संयुक्त सहयोगमा अक्सीजन सिलिण्डर सहित फलो मिटर र माक्स लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो । रंगेली नगरपालिकाले रंगेली अस्पतालको सहकार्यमा सञ्चालनमा ल्याउन लागेको २० शैयाको कोभिड १९ हस्पीटललाई सो सहयोग रोटरी क्लबहरुले उपल्वध गराएका हुन् ।

रंगेली नगरपालिका मेयर दिलिप वगडीयाको पहलमा रोटरी क्लबले सो सहयोग गर्दै सोमबार रंगेली अस्पतालका मे।सु डा। रोहेन्द्र पाडेलाई क्लबका प्रतिनिधिहरुले स्वास्थ्य सामाग्री उपल्वध गराएका थिए । कोरोनाको महामारीमा सामाजिक उत्तरदायीक निर्भाह गर्दै अक्सीजन अभावकै कारण ज्यान गुमाउनु नपरोस भनी स्वास्थ्य सामाग्री प्रदान गरिएको रोटरी क्लब अफ फयुजनका पुर्व अध्यक्ष सौरभ अग्रवालले जानकारी दिए ।

सम्बन्धित खवर