कोरोना संक्रमण देखिएपछी शुक्रबारे बजारक्षेत्र शिल

कोरोना संक्रमण देखिएपछी शुक्रबारे बजारक्षेत्र शिल

रेवत पारघरी
तेह्रथुम / तेह्रथुम जिल्ला छथर गाउँपालिकामा कोभिड १९ कोरोना भाइरस नयाँ भेरियन्सको संक्रमण देखिए पछी गाउँपालिकाको कार्यालयले अाज एक सुचना जारी गरि गाउँपालिकाकाे सुक्रबारे बजार केन्द्र शिल गरीएको छ ।

सिल गरिएकाे सात दिनकाे समयवधी भित्र काेभिड – १९ का लागि परिक्षण उपकरण र अक्सिजन लगायतका अावश्यक सामाग्रीकाे ब्यावस्थापन गरिसक्ने गाउँपालिका अध्यक्ष सन्ताेष तिगेलाले बताउनु भएकाे छ । गाउँपालिकाको क्षेत्र नजिकका जिल्लाहरुमा संक्रमण बढ्दै गई रहेको र गाउँपालिकाको समेत केही भुगोल र केन्द्र अन्तर्ग बजार क्षेत्र समुदाय स्तरमै संक्रमण पृष्टी भएकोले गाउँपालिकाको बजार क्षेत्र सिल गरिएको गाउँपालिकाले जनाएको छ । सम्भावित उच्च जोखिमको रोकथाम न्युनिकरण तथा नियन्त्रणका लागी आज राती १२ बजेदेखी जेष्ठ २ गते राती १२ बजे सम्म लागु हुने गरी बजार क्षेत्र सिल गरीएको प्रमुख प्रशासकीय अधिकृत लोचन प्रसाद दाहालद्धारा हस्ताक्षरित जारी गरिएकाे सार्वजानिक सुचनामा जनाईएको छ ।

बजारको पुर्ब तर्फ सिंहधारा साझा भवन छथर दुग्ध सहकारी चिसे भवन,पश्चिमी तर्फ ईलाका हुलाक कार्यालय सुक्रबारे,उत्तर तर्फ चर्च भवन सरस्वती मा वी दक्षिण तर्फ सिरीजंगा चौक छथर खेल मैदान क्षेत्र सिमा क्षेत्र निर्धारण गरि सिल गरीएको सार्वजनिक सुचनामा जनाईएको छ । सिल भएको क्षेत्रमा अत्यावश्यक औषधी पसल,तरकारी फलफुल,दुध डेरीकाे हकमा बिहान ६ बजे देखी १० सम्म स्वास्थ्य सेवा सुरक्षाका मापदण्ड अपनाई सेवा प्रवाह गर्नुपर्ने छ । बैङ्क तथा बित्तीय संस्थाहरु अत्यावश्यक काम बाहेका नियमित काम बन्द गर्ने तथा अत्यावश्यक काम परे कर्मचारी लाई सम्पर्क गरी सेवा लिनु पर्ने भएको छ । गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा,बारुण यान्त्र,स्वास्थ्य सेवा,एम्बुलेन्स सेवा, निमार्णं कार्य सँग सम्बन्धीत बाहेकका अन्य सेवा बन्द गरीएको गाउँपालिकाद्वारा जारी गरिएकाे सार्वजनिक सुचनामा जनाईएको छ ।

सम्बन्धित खवर