नारायणकाजीले गुमाए बुहारी, अक्सिजनको बेड नपाउदा निर्मलाकाे निधन

नारायणकाजीले गुमाए बुहारी, अक्सिजनको बेड नपाउदा निर्मलाकाे निधन

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बुहारी गुमाएका छन् । कोरोना संक्रमित श्रेष्ठकी भाइ बुहारी निर्मला बैद्यको अक्सिजन सहितको बेड समेत नपाएर निधन भएको भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् ।

राष्ट्रिय राजनीतिमा यतिको माथिल्लो ओहदामा रहेका श्रेष्ठले समेत बेड नपाएको देख्दा कोरोनाको भयावह स्थिती कस्तो छ भन्ने छर्लङ्ग भएको छ । राजनीतिक शीर्ष नेता भित्र पर्ने श्रेष्ठले समेत कोरोनाबाट सङ्क्रमित आफ्नो बुहारीलाई उपचार गराउन नसकेर मृत्यु भएको कुरा सार्वजनिक गरेका छन् ।

राजनीतिक तथा प्रशासनिक हिसाबले सहज पँहुच भएका नेता श्रेष्ठले समेत सिकिस्त बिरामीका लागि अस्पतालमा बेड नै नपाएको, आइसियु र भेन्टिलेटर त परको कुरा हो भन्ने अनुभूति सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखे, ‘प्रिय बुहारी निर्मला वैद्यको कोभिडका कारण आज भएको दुस्ख निधनबाट मर्माहत भएको छु । केही दिन देखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउदा सुरुमा इमर्जेन्सी र अक्सिजन सहितको बेड समेत पाइएन, आइसियु र भेन्टिलेटर त परको कुरा । पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसियु खोज्न लाग्यौँ।केही दिन पछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आइसियुमा राख्न सक्यौँ । तर तिमिलाई बचाउन सकिएन बुहारी हार्दिक श्रद्धाञ्जली ।

नेता श्रेष्ठले आफ्ना भतिज समेत कोरोनाबाट सङ्क्रमित रहेको र उनलाई पनि आइसियु नपाइएको उल्लेख गरेका छन् । श्रेष्ठले लेखेका छन् ‘निर्मलाको श्रीमान्, राजनीतिक एवं सामाजिक व्यक्तित्व, भतिजो विकल श्रेष्ठ आफै पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन् ।

ुउनलाई पनि आइसियु चाहिएको अवस्थामा कहाँ पाइने हो, ठेगान छैन । विकलको स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त सबै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

सम्बन्धित खवर