गाई काटेको आरोपमा पक्राउ

गाई काटेको आरोपमा पक्राउ

लहान, गाई काटेको अभियोगमा सिरहाको लहान प्रहरीले दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाम खुलाउँदा अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले नाम खुलाउन चाहेन ।

मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैमाथि मुद्दा चलाइएको र फरारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । रासस

सम्बन्धित खवर