सिटी सफारी दुर्घटनाबाट बालिकाको मृत्यु

सिटी सफारी दुर्घटनाबाट बालिकाको मृत्यु

बिराटचौक, मोरङ सुन्दरहरैचा नगरपालिका ५ तीनपैनी स्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे को १ ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी सोही स्थान बस्ने रुद्र खड्काको छोरी ५ बर्षीय बालिका रबिना खड्का घाईते भएकी थिईन् । घाईते बालिकाको धरान घोपामा उपचारको क्रममा दिउसो ११ बजे मृत्यु भएको हो । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित खवर