टाईम्स हस्पीटलले रंगेलीका सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री बाड्यो

टाईम्स हस्पीटलले रंगेलीका सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री बाड्यो

किरण न्यौपाने, रंगेली

दक्षिणपुर्वी मोरङका सञ्चारकर्मीहरुलाई रंगेली स्थित टाईम्स हस्पीटलले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

टाईम्स हस्पीटलले रंगेली सहित आसपास क्षेत्रमा रहेर काम गरिरहेका आधा दर्जन सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री दिएको हो । हस्पीटलले पिपिई, अक्सोमिटर, माक्स, फेस सिल्ड, सेनिटाइजर र ग्लोव्स वितरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसंगै फ्रन्टलाईनमा रहेर समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरु जोखिममा रहेकाले स्वास्थ्यलाई मध्येनजर गर्दै स्वास्थ्य सामाग्री उपलब्ध गराएको हस्पीटलका निर्देशक पारस मण्डलले जानकारी दिए । हस्पीटलले यस अघि रंगेली क्षेत्रका जोखिममा रहेकाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराई सकेको छ ।

सम्बन्धित खवर