पानीमा त्रिपाल टाँगेर सीमा सुरक्षा गर्दै सशस्त्र प्रहरी

पानीमा त्रिपाल टाँगेर सीमा सुरक्षा गर्दै सशस्त्र प्रहरी

राजेन्द्र महतो, लहान

भारतबाट कोरोना भाइरस नेपाल भित्रिन नदिन गृहमन्त्रालयको निर्देशन बमोजिम सुरक्षाकर्मीहरु चौबिसै घण्टा सीमामा तैनाथ छन् तर सीमामा खटिएका सशस्त्र प्रहरीलाई अहिले मौसमले सताइरहेको छ।

सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेका छन् । कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा निजी घर तथा पाल , टेन्ट गाडेर बस्न बाध्य भएका छन् । दैनिकजसो हावाहुरी, असिनापानी पर्न थालेपछि सीमा नाकामा रहेका बि.ओ.पी कार्यालयका पोस्ट उडाउने, बस्ने ठाउँमा पानी छिर्ने जस्ता समस्याहरु देखिएको छ।

सिरहाको दक्षिणवर्ती सीमा नाका स्थित शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बडहरीको चारै तिर पानी जमेको छ। उनीहरू दुई कोठे निजी पक्की घरमा कार्यालय संचालन र पाल गाडेर दुःखले बसिरहेका छ्न् । वर्षाका कारण त्यहाँको सुरक्षाकर्मीहरु पानी जमेको ठाउँमा बस्न बाध्य भएका हुन् । हावाहुरी र पानीका बीच पनि उनीहरू देशका जनताका लागि सीमामा तैनाथ छन्।

हावाहुरी र पानीले गर्दा सीमा खटिएका प्रहरीलाई समस्या भइरहेको छ। पानीमा भिज्दै पनि प्रहरीहरु खटिएका छन्। खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो । उनीहरुले भारततर्फबाट आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन् । शसस्त्र प्रहरीले यस्तो विषम परिस्थितिमा अहोरात्र बोर्डरमा खट्दा पानी झरीमा पनि पालमा रात बिताउन बाध्य छ्न् ।

सम्बन्धित खवर