बैशाख २७ देखि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द

बैशाख २७ देखि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द

रेवत पारघरी
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले अाज एक सुचना जारी गरी सम्पुर्ण सार्वजानिक कार्यक्रमहरु बन्द गर्ने जनाएको छ ।

गाउँपालिकाले कोरोना भाईरस कोभिड १९ नयाँ भेरियन्ट संक्रमण बढ्न थालेपछी अाज पालिकाले एक सुचना जारी गर्दै २७ गतेबाट सम्पुर्ण सार्वजानिक कार्यक्रमहरु बन्द गरिएकाे सुचना मार्फत नागरिकहरुमा जारी गरेको हो । गाउँपालिका भुगाेलकाे बजार क्षेत्र भित्र संचालनमा रहेका औषधीजन्य र भेटेनरी बाहेकका अन्य सम्पुर्ण पसलहरु तथा हाट बजार बन्द गर्ने साथै अत्यावश्यक खाद्यन्य, तरकारी पसल तथा दुग्घ डेरीहरुको हकमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

गाउँपालिका क्षेत्रभित्र २५ जना भन्दा बढी मानिसहरु उपस्थिती हुने सबै प्रकारका सार्वजानिक कार्यक्रम,हाट बजार,मेला,पर्व,जात्रा जस्ता सामाजिक गतिबिधीहरु नगराउन साथै अति आवश्यक काम बाहेक हिडडुल नगर्न र हिडडुल गर्नै पर्ने भए अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अन्तर्गतका बिधीहरु अपनाई मास्क, सेनीटाईजर, सामाजिक दुरी कायम गर्नु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन प्रसाद दाहालद्धारा हस्ताक्षरित सुचनामा जनाईएको छ । त्यस्तै एम्बुलेन्स, दुग्ध, खाद्यन्य, तरकारी, कृषीजन्य निमार्णसँग सम्बन्धीत सवारी साधान बाहेक सबै प्रकारका सार्वजानिक सवारी साधानहरुलाई नियन्त्रण गरिने भएको छ ।

गाउँपालिकामा रहेका बैङ्क तथा बित्तीय संस्थाहरु भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्ने त्यस्तै सम्पुर्ण सिमा नाकाहरुबाट प्रबेश गर्ने नागरिकहरुलाई निगरानी गर्न सम्बन्धीत वडाका टोल बिकास संस्थाले जानकारी गराउने साथै एक हप्ता सम्म अनिवार्य रुपमा होम आइसोलेसनमा बस्नका लागी सुझाब दिने र पालन गरे नगरेको निरीक्षण गर्ने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनु भयो । छिमेकी स्थानीय तहहरुमा कोरोना भाईरस तिब्र रुपमा फैलि रहेकोले गाउँपालिका अन्तरगत सबै सार्वजानिक निकायहरुबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु मात्र अर्काे सुचना जारी नभए सम्मकाे लागि संचालन गर्ने र सम्पुर्ण कर्मचारी, शिक्षकहरु लगायत सम्पुर्ण अत्यावश्यक काम बाहेक आवतजावत नगर्ने भनिएको छ ।

सम्बन्धित खवर