पथरी शनिश्चरे ः कोभिड बिरामीका लागि निःशुल्क एम्बुलेन्स र आइसोलेसन

पथरी शनिश्चरे ः कोभिड बिरामीका लागि निःशुल्क एम्बुलेन्स र आइसोलेसन

पथरी, मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले नगरमा कोरोना लागेका बिरामी बोक्नका लागि २ वटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षता बसेको कार्यपालिका बैठकले नगरमा कोरोना भाइरसका विरामीका लागि आइसोलेसन सञ्चालन गर्ने र विरामीको पीसीआर परीक्षणका लागि विपद व्यवस्थापन कोषबाट आवश्यक पर्ने सामग्री नगरपालिकाले खरिद गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । नगरमा ३ वटा एम्बुलेन्स रहेका छन् । सो मध्ये २ वटा एम्बुलेन्स कोरोना संक्रमित विरामी निःशुल्क ओसार पसार गर्नमा प्रयोग गर्ने निर्णय भएको प्रवक्ता गुरागाईंले बताउनु भयो ।

बैठकले, संस्था दर्ता नियमावली, सहकारी नियमावलीका साथै साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका र समूहगत कृषि उत्पादन व्यवस्थापन निर्देशिका पारित गरेको गरेको पनि उहाँले उल्लेख गर्नुभयो । नगरमा रित्त रहेको सिभिल इन्जिनियरको दरखास्त मागको प्रक्रिया अघि बढाउने र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वडा नम्बर १ को यलम्बर चोकमा निर्माण गर्ने यलम्बरको प्रतिमा निर्माण प्रक्रिया अघि बढाउने सहितका निर्णय भएका छन् ।

सम्बन्धित खवर