मेयर वगडियाको चौतर्फी प्रशंसा ः कोभिड अस्पताल सहित घरघरमा निःशुल्क औषधि र एम्बुलेन्स

मेयर वगडियाको चौतर्फी प्रशंसा ः कोभिड अस्पताल सहित घरघरमा निःशुल्क औषधि र एम्बुलेन्स

किरण न्यौपाने, रंगेली

मोरङको रंगेली नगरपालिका नगर प्रमुख दिलिप वगडियाको चौतर्फी प्रशंसा हुन थालेको छ ।

वगडियाले नगरमा २० शैयाको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याउनुका साथै निःशुल्क औषधी र एम्बुलेन्स सेवाको समेत व्यवस्थापन गरेपछि मेयर चर्चामा आएका हुन् । रंगेली अस्पतालसंगको संयुक्त सहकार्यमा तत्कालै कोरोना संक्रमणबाट विरामी भएकाहरुलाई उपचारमा कमि नहुनेगरि रंगेली नगपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । आईतबार बसेको नगर स्तरीय कोरोना व्यवस्थापन केन्द्र एल.सि.सि.एम.सि.को बैठकले वैशाक २९ गते देखी नै आंशिक र जेष्ठ १ गते देखि पुर्ण क्षमता सहित कोरोना अस्पताल सञ्चालनमा ल्याउने गरि निर्णय भएको मेयर वगडियाले जानकारी दिए ।

विराटनगर स्थित प्रदेश स्तरीय कोशी कोभिड अस्पताल लगायत प्रदेशका अधिकांश कोरोनाको उपचार हुने अस्पतालहरुमा थप विरामीहरु भर्ना लिन सक्ने अवस्था नभएपछि नगरले आफै व्यवस्थापनमा लागेको हो । आफनो नगरका संक्रमितहरुको स्वास्थ्यलाई मध्यनजर गरी आफ्नै नगरपालिका भित्र रहेको रंगेली अस्पतालसंगको सहकार्यमा भयाभह अवस्था आउनु भन्दा अघि नै कोभिड हस्पीटल सञ्चालन गर्न लागेको मेयर वगडियाले बताए ।

कोभिड हस्पीटलमा थप समस्या र अक्सीजनको मात्रा कमि हुदै गएका विरामीहरुलाई वैकल्पिक माध्यम सहित नन् इन्भेन्सीभ भेन्टिलेटर सहितको सेवा दिने गरि कोभिड हस्पीटल सञ्चालन गर्ने रंगेली अस्पतालका मे.सु डा. रोहेन्द्र पाँडेले जानकारी दिए । रंगेली नगरपालिकाको पहलमा रोटरी क्लव अफ विराटनगर, रोटरी क्लव अफ डाउनटाउन लगायतको सहयोगमा ३१ थान अक्सीजन सिलिण्डर सहित अक्सीजन र उपचार सामाग्री उपलब्ध भएको पाण्डेले जानकारी दिए ।

अक्सिजन सिलिण्डर नियमित रुपमा भर्ने समस्या बारे पनि विकल्पहरु सोचिएको डा. पाँण्डेले बताए । कोभिड अस्पताल सञ्चालनका लागि नगरपालिकाले तत्कालै २ थान नन् इन्भेन्सीभ भेन्टिलेटर खरिद गर्ने भएको छ । नगरपालिकाले अस्पताल परिसरमा निर्माणधिन अस्थामा रहेको आकस्मिक भवनमै सो कोभिड अस्पताल सञ्चालनका लागि तयारी गरेको छ ।

यस अघिकै दोस्रो कोरोना व्यवस्थापन पालिका स्तरीय समितिको बैठकले रंगेली तिरुपति बालाजी मन्दिरमा ५० वेड क्षमताको अक्सीजनको सुविधा सहित आईशोलेशन सेन्टर तयारी गर्ने निर्णय गरि तयारी अवस्थामा राखेको छ । मेयर वगडियाले भने – तिरुपति बालाजी मन्दिरमा संक्रमित भई होम आइशोलेशन बस्न समस्या भएका व्यतिmलाई मात्र राख्ने हो, तर उपचार सहितको अवस्थाका संक्रमितलाई रंगेली कोभिड अस्पतालमा राखेर उपचार गरिने छ । यता रंगेली अस्पतालले छुट्टै कोभिड ओपीडी सेवा समेत दिने भएको छ ।

कोभिड संक्रमितलाई नगरको सहयोगमा निःशुल्क एम्बुलेन्स र घर घरमै प्रत्येक वडाका फोकल पर्सन स्वास्थ्यकर्मीबाट निशुल्क औषधी समेत दिने निर्णय भएको रंगेली नगरपालिका स्वास्थ्य संयोजक ब्रजेश मेहताले जानकारी दिए । हाल रंगेली नगरपालिका भित्र २६ जना कोरोना संक्रमित रहेका छन् । जसमध्ये २४ जना होम आईशोलेसन र २ जना विराटनगरमा उपचार भइरहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सम्बन्धित खवर