मुख्यमन्त्री गुरुङले दिए राजीनामा

मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पाेखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सिता पाैडेलसमक्ष आइतबार अपरान्ह ३ बजे राजीनामा बुझाएका हुन् ।

उनी विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासकाे प्रस्ताव दर्ता गरेका छन् । त्यसउपर भाेलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियाे । यस अगावै गुरुङले राजीनामा दिए ।

काेराेना भाइरसबाट संक्रमित गुरुङ उनी विरुद्धकाे अविश्वासकाे प्रस्तावमाथि हुने छलफल समेत सहभागी हुन पाउने थिएनन् । आफु विरुद्ध लगाइएका अभियाेगमा आफैले जवाफ दिन नपाउने भएपछि उनले त्यसअघि नै राजीनामा दिने निधाे गरकाे गुरुङ निकटस्थ श्राेतले बतायाे ।

माओवादी केन्द्र र जनमाेर्चाकाे समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा छन् । यद्यपी उनी विरुद्धकाे अविश्वासकाे प्रस्तावमा जनमाेर्चाले हस्ताक्षर गरेकाे छैन् । तर पार्टीके केन्द्रले अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्न निर्देशन दिइसकेके छ ।

सम्बन्धित खवर