प्रधानमन्त्री ओलीले भोलि बेलुका राजीनामा दिने !

प्रधानमन्त्री ओलीले भोलि बेलुका राजीनामा दिने !

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बेलुका राजीनामा दिने भएका छन् । भोलि दिउँसो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् । तर, संसदको अंक गणितले उनलाई विश्वासको मत मिल्ने अवस्था छैन । त्यसैले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिनुपर्ने भएकाले प्रधानमन्त्रीले राजीनामा दिने पक्का भएको हो ।

जनआस्था अनलाइनका अनुसार स्रोत भन्छ ‘भोलि विश्वासको मत नपाएपछि लगत्तै शीतल निवास पुगेर राजीनामा दिनुहुनेछ । अनि राष्ट्रपतिले पनि त्यहिँ अल्पमतको सरकारको प्रधानमन्त्री बनाएको घोषणा गर्नुहुनेछ । भोलि साँझदेखि सम्भवतः उहाँ ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा कामचलाउ प्रधानमन्त्री बन्नुहुनेछ ।’

यसअघि ०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ  । सरकारी विश्लेषणअनुसार अहिलेको महामारी अझै ६ देखि ८ महिना लम्बिने छ । यसकारण निर्वाचन र अन्य कार्यक्रम स्वतः केही समयसम्म लम्बिनेमा उनीहरू ढुक्क भएका हुन् ।

सम्बन्धित खवर