अपाङगता भएका व्याक्तिहरुलाई मास्क वितरण

अपाङगता भएका व्याक्तिहरुलाई मास्क वितरण

उर्लाबारी । नेपाल तरुण दल उर्लाबारी वडा नम्वर ३ र नेपाल विद्यार्थी संघ इकाई समिति उर्लाबारीले नगरमा अपाङता भएका व्याक्तिहरुलाई मास्क वितरण गरेको छ ।
शनिवार उर्लाबारी-३ स्थित दुर्गा मन्दिर परिसरमा उनिहरुलाई मास्क वितरण गरिएको हो । कार्यक्रममा वडा नम्वर ३ मा रहेका शारिरिक तथा मानसिक रुपमा आपाङगता भएका ८० जनालाई एन ९५ मास्क वितरण गरिएको हो ।

कार्यक्रममा भौतिक रुपमा उपस्थित रहेका १७ जनालाई मन्दिर परिषरमा वितरण गरिएको थियो भने अन्यलाई उपलव्ध गराउने गरि आपाङगता नगर स्वमन्वय समितिका अध्यक्ष ब्यास बहादुर लिम्वुलाई हस्तानातरण गरिएको हो ।


शारिरिक र मानसिक रुपमा आपाङगता भएता व्याक्तिहरु सहजरुपमा स्वास्थ्य सेवा लिनबाट बञ्चित रहने भएका कारण बढ्दो संक्रमण बाट जोगाउन उनिहरुलाई मास्क वितरण गरिएको तरुण दल नगरसभापति रोहित कार्कीले बताए । कार्यक्रममा तरुण दलका अन्य युवाहरुको समेत सहभागित रहेको थियो ।
यस्तै शनिवार नै सञ्चार क्लब नेपाल उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी, नमूना बाल गृह, एम्बुलेन्स चालक लगायतलाई नेपाल विद्यार्थी संघ इकाई समिति उर्लाबारी वडा नं. ८ र ९ ले१ हजार भन्दा बढी एन ९५ मास्क वितरण गरेको छ ।

अतिआवश्यक क्षेत्रमा मास्क वितरण गरिएको इकाई सभापति अविन घिमिरेले जानकारी दिए । गरिब तथा विपन्न समूदायलाई माक्स वितरण तथा सचेतना कार्यक्रम निरन्तर रुपमा अघि बढाउने बताए । कार्यक्रममा कांग्रेसका स्थानीय नेता सर्वजित भण्डारी, भीम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर