रेवत पारघरि
तेह्रथुम / तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्र सँग जोडिने एक मात्र मुख्य सडक हो सिधुवा सुक्रबारे सडक । यो सडकमा बर्षादमा हिलाम्यै र हिउँदमा धुलाम्यै हुँदा बर्षाैदेखी यहाँका स्थानीयहरु सडकको समस्याले आजित बन्दै आएका छन ।
करिब तिन दशक अघीबाट निमार्ण सुरु भए पनी यहाँका नागरिकहरुको समस्या हटेको छैन । सडकमा सिमसिम पानी पर्दा समेत सवारी साधान गुड्न समस्या बन्दै आएको छ । केहीदिन देखी परिरहेकाे बर्षादकाे कारण सवारी साधान चल्नअाजभाेली मुूस्कील बन्न थालेको छ । कालोपत्रे सडक निमार्ण भई रहेकोले यस बर्ष सवारी साधान सहज रुपमा सञ्चालन हुने आश थियो तर बर्षाद सुरु भएपछी समस्या जिउँका तिउँ बनेको स्थानीय डम्बर भट्टराईको भनाई छ ।
सडकमा सवारी साधान सहज रुपमा सञ्चालन नहुँदा बिभीन्न समस्याहरु भोग्नु परेको सवारी चालकहरु बताउँछन । अगामी २०७९ असार मसान्त सम्ममा सम्पन्न हुने गरी ७ं० करोडमा यो सडकमा निमार्णको काम रहेको छ । बर्षादका कारण साना तथा ठुला सवारी साधानहरु सञ्चालनमा समस्या भएको छ ।