राजेन्द्र महतो, लहान
सिरहाको गोलबजार नगरपालिका निवासी स्वर्गीय गुरु शरण सदायको परिवारलाई सिरहा सेवा समिति दोहा कतारले आर्थिक सहयोग गरेको छ।
गोलबजार नगरपालिका ६ स्थित रहेको गुरु शरण सदायको निजि निवासमै पुगेर बिहिवार स्थानीय युवाहरुको साथमा सिरहा युवा संजालका अध्यक्ष नागेश्वर रायले उनकी श्रीमती शान्ति सदायलाई रु. ३१ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।
स्व. सदा मुसहर समुदायका एक प्रेरणादायी युवा, गायक, मैथली चलचित्रका चर्चित कालाकार तथा पत्रकार रहेका थिए ।
उनको गत चैत ६ गते निधन भएको थियो ।
सिरहा सेवा समिति दोहा कतारका अध्यक्ष प्रेम मण्डलले कतारबाट पठाइएको उक्त रकम सिरहा युवा संजालका अध्यक्ष नागेश्वर राय, सन्तोष यादव, रामगेन सदा, सुभाष यादव र हेमन्त सिंह लगायतका युवाहरुको उपस्थितिमा हस्तान्तरण गरिएको छ।